दफा
निजी वन जङ्गललाई राष्ट्रियकरण गर्ने

(१) यो ऐन प्रारम्भ भएका मितिदेखि नेपाल राज्यमा भएको सबै निजी वन जङ्गलको स्वामित्व नेपाल सरकारमा सर्नेछ ।
(२) सो वन जङ्गलमा कुनै व्यक्तिको एकाधिकार हुने गरी भएको ऐन, सवाल, सनद वा अरु कुनै लिखत यो ऐन प्रारम्भ भएको मितिदेखि खारेज हुनेछ ।
(३) सरकारीया वन जङ्गलका सम्बन्धमा लागू रहेका कानून यो ऐन प्रारम्भ भएका मितिदेखि उपदफा (१) बमोजिम नेपाल सरकारमा सर्न आएको वन जङ्गलमा समेत लागू हुनेछ ।